किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २९ –

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै श्रेष्ठलाई बिनाआधार र कारण पक्राउ गरिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरेकी हुन्।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको झम्सीखेलस्थित कार्यालयमा छापा मारी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको थियो।

श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाले विरोध जनाउँदै आएका छन्। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने भन्दै उनीहरूले श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः