भारतमा ८०औँ स्वतन्त्रता दिवस मनाइँदै

1200x150_1200x150-01.jpg (1)

नयाँदिल्ली , साउन ३० –

भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गरेका छन् ।

लालकिल्ला पुग्नुअघि प्रधानमन्त्री मोदीले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सम्बोधनका क्रममा उनले विगत १२ वर्षमा सरकारले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य सार्वजनिक गरेका छन् ।

मोदीले विगत १२ वर्षमा २५ करोड नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको दाबी गरेका छन् । उनले लगातार १३औँ पटक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराएर नयाँ कीर्तिमानसमेत कायम गरेका छन् ।

भारत सन् १९४७ अगस्ट १५ मा झण्डै दुई शताब्दी लामो ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो । स्वतन्त्रतासँगै भारत विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ । विभाजनपछि भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्रका रूपमा अस्तित्वमा आएका थिए।

सम्बन्धित पोस्टहरुः