वीरगंज, ३० साउन । गुडविल सोसाइटीले वीरगंज महानगरपालिका–२ छपकैयास्थित इदगाह चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा सम्सुल हक अन्सारी, साहिल अन्सारी, अख्तर अली, बसीर मियाँँ, विवेक गुप्ता, मुमताज मियाँँ, जुमारत मियाँँ, सजाद हुसेन, नवीर आलम, दीपेन्द्र कार्की, कृष्ण साह, राजा कुरेसी, रविन्द्र दास लगायतले ४२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले रक्तदानजस्ता सामाजिक कार्यले मानिसको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता मानवीय कार्यमा समाजका सबै वर्गको सक्रिय सहभागीता आवश्यक रहेकोमा जोड दिए।
गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका–२ का वडाध्यक्ष रेयाज मियाँँ तेली, वडा सदस्य बासिर मियाँ हजामलगायतको उपस्थिति रहेको थियो।






