३ लाखको चल्ला बरामद गरी नष्ट

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज, ३० साउन –
सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको सिमानाबाट अवैध रूपमा भारततर्फबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवागुठीस्थित बि.ओ.पि. अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करहरू चल्लाहरू छाडेर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट ३ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको ४५ कार्टुनमा रहेका जम्मा ४ हजार ५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लाहरू नियन्त्रणमा लिएको हो।

बरामद गरिएका ती चल्लाहरूलाई पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी र स्थानीयवासीहरूको रोहबरमा दिउँसो १५:५० बजेको समयमा नियमअनुसार खाडल खनी पूर्ण रूपमा नष्ट गरिएको छ।उक्त कारबाहीबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (स.प्र.ना.उ.) मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा निकाय कडा रूपमा प्रस्तुत भइरहेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः