किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

1200x150_1200x150-01.jpg (1)

वीरगंज, भदौ १ —

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले म्याद थपका लागि सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप समय माग गरेपछि अदालतले ४ दिनको म्याद दिएको हो।

यसैबीच, श्रेष्ठको पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ। रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।

श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः