धनुषामा ११ वर्षपछि ११० परिवारले पाए जग्गाधनी पुर्जा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भादौ १ —

नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ११ वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

साविक कजरारमौल गाविसअन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

नापजाँच भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरेपछि ११० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ।

पुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः