अमेरिकामा धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ६ —

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन्। नर्थ क्यारोलाइनाको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।

धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको सिरियलको छायांकन राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरोलगायत स्थानमा गरिएको निर्देशक धुर्मुसले जानकारी दिए।

सिरियल हरेक शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुने जनाइएको छ। सिरियलमा धुर्मुस र सुन्तलीकै चर्चित पात्रमा सीताराम र कुञ्जना देखिनेछन्।

सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्रसहित दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, धर्म भारतीलगायत कलाकारको अभिनय रहेको छ। यसै सिरियलमार्फत सीताराम र कुञ्जनाकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गरेकी छन्।

सिरियलले अमेरिकामा रहेका नेपालीको संघर्ष, सफलता, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच, भाषा–संस्कृति र प्रवासी जीवनका विविध अनुभवलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

सीतारामले आफूहरू जहाँ रहे पनि कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन सिरियल निर्माण गरिएको बताएका छन्।

सम्बन्धित पोस्टहरुः