वीरगंज, ६ भदौ । सशस्त्र प्रहरी बल, पर्साले ८ लाखभन्दा बढीका अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको जनाएको छ ।
भदौ ५ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्सा तथा मातहतका बि.ओ.पि. प्रसौनीभाठा, सुरक्षा बेश पोखरिया, बि.ओ.पि. ब्रह्मनगर तथा सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएका विभिन्न टोलीहरूले पर्सा जिल्लाका सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा भन्सार छली गरी ओसारपसार हुँदै गरेका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल गरी जम्मा रू. ८ लाख ५,९००।– बराबरका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।
बि.ओ.पि. प्रसौनीभाठा र सुरक्षा बेश पोखरियाबाट खटिएको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–४ कुकैयास्थित सीमा क्षेत्रबाट रु तीन लाख बराबरका ३० कार्टुनमा रहेका ३,००० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एकजना व्यक्ति नियन्त्रणमा लिएको छ। पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीको रोहबरमा उक्त चल्लाहरू नष्ट गरी नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, बि.ओ.पि. ब्रह्मनगरबाट खटिएको टोलीले सीमा क्षेत्रबाट नेपालबाट भारत अवैध रूपमा लैजाँदै गरेको रू.१ लाख ५४,९००।– बराबरको मदिरा तथा मोटरसाइकलसहित एकजना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी, सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको मोबाइल तथा मोटरसाइकल गस्ती टोलीले पर्साको बौधिमाई नगरपालिका–९ विश्रामपुरलगायतका सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्पm ल्याइँदै गरेको रू.३,५१,० ००्र बराबरको कपडा, मोटरसाइकल तथा विभिन्न किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी स.प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।






