बारा , भदौ ८ —
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित खाली घरमा मृत फेला परेकी नाबालिकाको घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेकामध्ये जितपुरसिमरा–१ का २४ वर्षीय प्रवेश चौधरीसहित विभिन्न उमेर समूहका महिला तथा पुरुष रहेका छन्। केही व्यक्तिको नाम गोपनीयताका कारण परिवर्तन गरी उल्लेख गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा जनाइएको छ।
पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट पहिलोपटक चार दिन र दोस्रोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







