हरपतगंजको कलभर्टमा रामको शव भेटियो, अनुसन्धान जारी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ८ भदौ ।
पर्साको वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंजको कलभर्ट नजीक फेला परेको शव सोही स्थानका २८ वर्षीय भुलन रामको रहेको खुलेको छ ।

आइतवार साँझ ६ बजेदेखि सम्पर्क विहीन बनेका भुलन रामको सोमवार अपरान्ह ४ बजेदेखि गाउँकै चौपाया चराउने व्यक्तिहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय सुगौलीबिर्ताको टोली एवं जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो । ड्राइपोर्ट-जगरनाथपुर-परवानीपुर राजमार्गको हरपतगंज कलभर्टभन्दा पश्चिम खाल्डोमा पानीमा घोप्टो परेको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो । राति ८ बजे शव शल्यक्रियाको लागि नारायणी अस्पताल वीरगंजमा लगिएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

मृतक रामका काकाका छोरा सुलन रामका अनुसार वीरगंजमा आइतवार कमाउन हिंडेको,गाउँकै दुई जनासँग गाउँ फर्केको र तीन सय रुपैया लिएर तरकारी किन्न जान्छु भनेर हिंडेका भुलन रातिभरि घर आएका थिएनन। भोलिपल्ट उनको शव खाल्डोमा भेटिएपछि सो घटना शंकास्पद भएको प्रहरीको अनुमान छ। गाउँकै सरोज राम, शैलेन्द्र यादवसंग उनी काम गर्ने गर्दथे । यसबारे थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी गराएका छन्।

सम्बन्धित पोस्टहरुः