बागमती प्रदेशसभा बैठक आज बस्दै , मुख्यमन्त्री थापाको विश्वासको मतमा अन्योल

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ९ —

बागमती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको छ। यसअघि सोमबार राति ८ बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो।

मंगलबारको बैठकमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची छ। तर सत्ता साझेदार नेकपाका सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन चुनौती थपिएको छ।

मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले समर्थन गरे पनि दुई मत अपुग हुने भएकाले राप्रपाका कम्तीमा नौ सांसदको समर्थन आवश्यक देखिएको छ।

यसैबीच राप्रपा बागमतीभित्र सरकारलाई दिएको समर्थन र विश्वासको मतको विषयमा विवाद छ। राप्रपाकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा दायर गरेको रिटमा अदालतले भदौ १० गते छलफलका लागि बोलाएको छ।

कांग्रेस र राप्रपा केन्द्रले अदालतको आदेश नआएसम्म विश्वासको मतको प्रक्रिया अघि नबढाउन माग गरेका छन्। त्यसैले मंगलबारको बैठकमा विश्वासको मतको प्रक्रिया अघि बढ्छ वा फेरि स्थगित हुन्छ भन्नेमा चासो बढेको छ।

सम्बन्धित पोस्टहरुः