मधेसमा महिला उद्यमी बढ्दै, नयाँ व्यवसाय दर्तामा ७० प्रतिशत महिला

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , भदौ ९ —

मधेस प्रदेशमा महिला उद्योगी तथा व्यवसायीको सङ्ख्या बढ्दै गएको छ। महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा ३५ प्रतिशत छुट दिने सरकारी व्यवस्थापछि गृहिणीहरू समेत उद्यमतर्फ आकर्षित भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसायमध्ये करिब ७० प्रतिशत महिलाको नाममा हुने गरेको बताइएको छ। महिलाहरू जेनरल स्टोर्स, फेन्सी, सिलाइकटाइ तथा कृषिजन्य उद्योग सञ्चालनमा सक्रिय देखिएका छन्।

आर्थिक वर्ष २०८२/८३ मा मधेसका आठ जिल्लामा ५ हजार ६८ नयाँ उद्योग र ६ हजार १४० वाणिज्य फर्म दर्ता भएका छन्। सो अवधिमा ४ हजार ८७८ महिलाले प्रत्यक्ष रोजगारी पाएका छन्।

दर्ता शुल्कमा छुट, बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताले महिलालाई व्यवसायमा आकर्षित गरेको बताइएको छ। यसले महिला सशक्तीकरणसँगै मधेसको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः