रसुवा बाढीबारे प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका सांसदसँग गरे छलफल

1200x150_1200x150-01.jpg (1)

रसुवा , भदौ १० —

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे छलफल भएको हो।

त्यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोजी तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।

सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताएका छन्। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी गराएका छन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था र क्षतिको विवरण संकलन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वयसमेत भइरहेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः