भारतबाट नेपाललाई १० टन राहत सामग्री

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १० —

रसुवा लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि भारत सरकारले नेपाललाई १० टन राहत सामग्री उपलब्ध गराउने भएको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारतले तत्कालका लागि विपद्सम्बन्धी आवश्यक सामग्री तथा अत्यावश्यक औषधि नेपाल पठाउन लागेको हो।राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान आजै काठमाडौं आइपुग्ने जनाइएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा उपचार कार्य जारी रहेका बेला भारतले उपलब्ध गराउन लागेको सहयोगले प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री तथा औषधि व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः