मोटरबाट करेन्ट लागेर एकजनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १० भदौ ।
मोटरको करेन्ट लागेर बारामा एकजनाको मृत्यु भएको छ ।

भदौ १० गते साँझ ५ बजे सिम्रौनगढ न.पा. ३ नयकाटोला बस्ने रामईश्वर दासको छोरा वर्ष ३२ को विजय दासले आफ्नै खेतमा मोटरले पानी निकाल्ने क्रममा करेन्ट लागि घाइते भई उपचारको लागी धर्मलाल क्लिनिक सिम्रौनगढमा ल्याउने क्रममा ५ः२० बजे डाक्टरले बाटोमै मृत्यु भएको इ.प्र.का. सिम्रौनगढ बाराले जनाएको छ ।

इ.प्र.का. सिम्रौनगढ बाराबाट प्र.नि. कृष्णदेव प्रसाद साहको कमाण्डमा मुचुल्का सहितको टोली खटी अनुसन्धान भइरहेको र लास पोष्टमार्टमको लागि लागि प्रादेशिक अस्पताल कलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः