रसुवा बाढीपछि वीरगंज र बाराका दुई युवा सम्पर्कविहीन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १० —

रसुवामा आएको बाढीपछि वीरगंज र बाराका दुई जना सम्पर्कविहीन भएका छन्।

वीरगंज महानगरपालिका–१५ भिस्वा निवासी सुनिल मान डंगोल रसुवा नाकाबाट गाडी पास हुने र एक–दुई दिनमा घर फर्कने बताइएको भए पनि हालसम्म परिवारसँग सम्पर्कमा आएका छैनन्।

त्यस्तै, बारा सुवर्ण गाउँपालिका–५ औरैया निवासी रुपेश कुमार साह कलवार हाल रसुवाको नौकुण्ड गाउँपालिकामा कार्यरत रहेकोमा सम्पर्कविहीन भएका छन्।

दुवै जनाको अवस्था अज्ञात भएपछि परिवारजन तथा आफन्त चिन्तित बनेका छन्। उनीहरूलाई देख्ने वा अवस्थाबारे कुनै जानकारी प्राप्त हुने व्यक्तिले सम्बन्धित परिवारलाई खबर गर्न अनुरोध गरिएको छ।
रुपेश साहका लागि सम्पर्क नम्बर: ९८२५२१५६८० / ९८१८१४८३९३

सम्बन्धित व्यक्तिको खोजीमा सहयोग पुग्ने भएकाले यो सूचना अधिकतम सेयर गरिदिन परिवारजनले आग्रह गरेका छन्।

सम्बन्धित पोस्टहरुः