डा. अन्सारीले बाढीपीडितका लागि १० लाख सहयोग गरे

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १२ —

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वीरगंज हेल्थ केयर अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. अबुल हैस अन्सारीले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत डा. अन्सारीले १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरेका हुन्।

बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भइरहेका बेला राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको डा. अन्सारीले बताए।

उनले विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको बताए। “एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो,” उनले भने, “विपद्को यस घडीमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ।”

डा. अन्सारीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत सहयोग गर्नुपर्नेमा जोड दिए।

वीरगंज हेल्थ केयर अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाइएको छ। डा. अन्सारीको सहयोगले बाढी प्रभावित परिवारको राहत तथा उद्धारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः