रसुवा बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १३ –

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

महानगरका ३२ वटै वडाबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम, जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवा–सुविधा र कर्मचारीको तलबबाट तोकिएको रकम संकलन गरी सहयोग जुटाइने कार्यवाहक मेयर आलमले जानकारी दिए।

रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लाका नागरिकलाई विपद्को समयमा राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठकमार्फत सहयोगको निर्णय गरिएको उनले बताए।

सम्बन्धित पोस्टहरुः