वीरगंज , भदौ १३ –
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका पर्साका ३९ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन भनिएका व्यक्तिहरूमा सफिकराज मियाँ, साहबुद्दिन मंसुरी, सतीश मियाँ, समिम मियाँ, राहुल मियाँ, उमेश प्रसाद, वीर किशोर कुमार, राम करण कुमार, विनय कुमार साह, संजय साह सोनार, सुजत मियाँ, सागर कुर्मी, सुनिल मान डाँगोल, रिजवान अंसारी, आरम्भ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आवाज हवारी, नरेश राय, नरेश राई, नग नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दोङ्गल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, ज्ञानबहादुर खत्री, श्यामलाल मोत्तन, सामिन देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बरसौला, धनश्याम बरसौला, दिनेश परियार, पृथ्वी चौधरी, ओमिर अंसारी र सरुन कुमार यादव रहेका छन्।
प्रशासन कार्यालयका अनुसार सूचीमा रहेका ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन सम्पर्कमा आएका छन्। बाँकी व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
जानकारीका लागि ०५१–५२४०६६ तथा टोल फ्री नम्बर १८१०५०००२१७ मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।










