भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रविको निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १४ –

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतका प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट जानकारी लिएका छन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले विपद् प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएका छन्।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने गरी पार्टीको उपलब्ध संयन्त्र र स्वयंसेवकलाई परिचालन गर्न उनले निर्देशन दिएको खरेलले जानकारी दिए।

लामिछानेले राहत तथा उद्धारमा खटिएका पार्टीका स्वयंसेवक, सम्बन्धित निकाय र स्थानीय तहबीच आवश्यक समन्वय कायम गर्नसमेत जोड दिएका छन्।

यस क्रममा उनले बाढी प्रभावित पालिकाका पार्टी सभापतिहरूसँग समेत छलफल गरी स्थानीय अवस्थाबारे जानकारी लिएका छन्।

विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन पार्टीको तर्फबाट भइरहेका गतिविधिलाई थप प्रभावकारी बनाउन लामिछानेले निर्देशन दिएको रास्वपाले जनाएको छ।

सम्बन्धित पोस्टहरुः