भोलि प्रतिनिधिसभाको बैठक बस्दै : बाढीबारे छलफल हुने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १७ –

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ। सङ्घीय संसद् सचिवालयले मंगलबार बैठकको मिति र समय सार्वजनिक गरेको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन्।

यसअघि गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।

बुधबार बस्ने बैठकमा भोटेकोशी बाढी तथा विपद्का विषयमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद्को अवस्था, खोज तथा उद्धार, राहत तथा सरकारको प्रतिकार्यका विषयमा संसद्मा छलफल हुने भएको हो।

सम्बन्धित पोस्टहरुः