भोटेकोशी बाढीपीडितलाई जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , भदौ १७ –

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

निर्देशक रुङ्गटाले विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गरी प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताए।

सम्बन्धित पोस्टहरुः