भोटेकोशी बाढीपीडितका लागि वीरगंज–१२ र १३ बाट नगद र खाद्यान सहयो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १७ –

भोटेकोशी बाढीपीडितका लागि वीरगंज महानगरपालिका–१२ र १३ का मुस्लिम समुदायले १ लाख ७१ हजार रुपैयाँ नगदसहित २.५ टन राहत सामग्री जुटाएका छन्।

मुर्लीस्थित अन्जुमन इस्लामिया (मुर्ली जामे र अबरार) मस्जिदमा संकलन गरिएको रकम र सामग्री प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि उपलब्ध गराइएको हो।

संकलित राहतमा खाद्यान्न, कपडालगायतका सामग्री रहेका छन्। बाढीबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले अन्जुमन इस्लामिया मुर्ली–१२/१३ ले राहत संकलन गरेको असलम आलमले जानकारी दिए।

उनका अनुसार समुदायबाट संकलित नगद तथा सामग्री बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप प्रदान गरिएको हो।

सम्बन्धित पोस्टहरुः