नारी शक्ति विकास मञ्चद्वारा बाढीपीडितका लागि राहत सामग्री पठाइयो

1200x150_1200x150-01.jpg (1)

बारा , भदौ १८ –

रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित नारी शक्ति विकास मञ्चले राहत सामग्री संकलन गरी बुधबार नुवाकोटस्थित आर्मी ब्यारेक पठाएको छ।

संस्थाकी अध्यक्ष आशा दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति भएकाले पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरिएको हो।

संस्थाकी सदस्य सुजाता लामिछानेले विपत्तिमा परेका नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरी राहत पठाइएको बताइन्।

सम्बन्धित पोस्टहरुः