अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

1200x150_1200x150-01.jpg (1)

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो ।

यसअघि हिजो अपर त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ ।

सम्बन्धित पोस्टहरुः