बाढीमा पुरिएको घरबाट एक महिलाको जिवितै उद्धार

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २० –

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।

यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो।

सम्बन्धित पोस्टहरुः