पर्सा , भदौ – २०
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी छ ।
नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भग्नावशेष हटाइरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।
म्यानुअल रूपमा मात्रै उद्धार सम्भव नभएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पका लागि पनि माटो हटाउने काम भइरहेको छ ।
ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयाससमेत जारी रहेको जनाइएको छ ।







