भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २२ –

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ ।

बाढी आएको १३औँ दिनमा सरकारले मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आज सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । सार्वजनिक बिदा भने दिइएको छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार जारी छ ।

उद्धार गरिएका नागरिकको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालनमा छन्, जहाँ ३ हजारभन्दा बढी नागरिक रहेका छन् । सरकारले राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको कामसमेत अघि बढाएको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः