त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धार माग्दै माइतीघरमा प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २२ –

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिन माग गर्दै पीडित परिवारले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

भोटेकोसी बाढीपछि आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको भन्दै आफन्तले सरकारले खोजी तथा उद्धारमा पर्याप्त चासो नदिएको आरोप लगाएका छन् ।

पीडित परिवारले उद्धारमा कठिनाइ भए पनि सरकार पन्छिन नमिल्ने भन्दै हराइरहेकाहरू जीवित भए उद्धार गर्न र अवस्था जे भए पनि आफन्तलाई जानकारी गराउन माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः