राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा श्रद्धाञ्जली सभा

1200x150_1200x150-01.jpg (1)

वीरगंज २२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले गत भदौं १० गते भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परेर ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जलीसभा गरेको छ ।

आज साँझ माईस्थान मन्दिर अगाडिको परिसरमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

उक्त महाबिपत्तिमा ज्यान गुमाएकाहरूको आज तेर्हाै दिनको पुण्यतिथीको अवसर पारेर रास्वपा पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरि पन्तले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी र उद्धारमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने पनि उनले बताए ।

श्रद्धाञ्जलीसभामा कावा सभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाज मियाँ र पालिका सभापतिहरू रमाकान्त चौधरी, चन्दन यादव, माधब बस्नेत, महमुद्दिन आलम, अक्षय द्विवेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, समसाद अन्सारी, दीपेन्द्र मण्डल लगायतको उपस्थिति थियो । सभाको सञ्चालन कृष्ण पासवानले गरेका थिए ।

सम्बन्धित पोस्टहरुः