महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो

1200x150_1200x150-01.jpg (1)

आन्ध्र प्रदेश , भदौ २४ –

भारतको आन्ध्र प्रदेशमा चिकित्सकहरूले ३३ वर्षीया एक महिलाको पेटबाट १३ वटा कलम, पाँच वटा चम्चा र एउटा मैनबत्ती निकालेर उनको ज्यान बचाएका छन् ।

पाल्नाडु जिल्लाकी ती महिला छातीको बायाँ भागमा तीव्र पीडा भएपछि अस्पताल पुगेकी थिइन् । परीक्षणका क्रममा पेटमा लामो वस्तु रहेको देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गरी ती सामग्री निकालेका हुन् । तीमध्ये एउटा कलम करिब २५ सेन्टिमिटर लामो रहेको बताइएको छ ।

उपचारमा संलग्न डा. रामचन्द्र रेड्डीका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेकी ती महिलाले बुबासँग विवाद भएपछि रिसको झोंकमा ती वस्तु निलेको बताएकी छन् । हाल उनको अवस्था स्थिर रहेको छ ।

यस्तो घटना यसअघि पनि देखिएको छ । सन् २०२५ मा भारतकै उत्तर प्रदेशमा एक पुरुषको पेटबाट २९ वटा चम्चा, १९ वटा टुथब्रस र दुई वटा कलम निकालिएको थियो । चिकित्सकहरूका अनुसार विभिन्न वस्तु निल्ने समस्या बालबालिकामा बढी देखिए पनि मानसिक स्वास्थ्य समस्या भएका केही वयस्कमा पनि देखिन सक्छ ।

सम्बन्धित पोस्टहरुः