‘गोली खाने दोषी, हान्ने र हान्न लगाउने निर्दोष ?’ सांसद पन्त

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले जेनजी आन्दोलनमा सहभागी भएर जेल परेका, मुद्दा खेपिरहेका तथा घाइते भएकाहरूलाई यथाशीघ्र न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै पर्सा क्षेत्र नम्बर–३ का सांसद पन्तले बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध जेनजी युवाले गरेको आन्दोलनको स्मरण गर्दै आन्दोलनका धेरै योद्धा अझै जेलमा रहेको, कतिले मुद्दा खेपिरहेको र कतिपय फरार हुन बाध्य भएको बताए।

उनले ‘गोली खाने र खान तयार हुने दोषी हुने, तर गोली हान्ने र हान्न लगाउने निर्दोष ठहरिने कस्तो न्याय हो ?’ भन्दै प्रश्न गरे। आन्दोलनकै जगमा भएको निर्वाचनबाट आफू निर्वाचित भएको उल्लेख गर्दै उनले आन्दोलनकारी दोषी भए आफू, सरकारका मन्त्री र प्रधानमन्त्रीसमेत दोषी हुने तर्क गरे।

पन्तले सभामुखमार्फत जेनजी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएकाहरूलाई शीघ्र न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित पोस्टहरुः