पर्सा , भदौ २६ –
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन्। शीतलनिवासमा बिहीबार साँझ आयोजित समारोहमा राष्ट्रपति पौडेलले साहलाई शपथ गराएका हुन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साहले शपथलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। यसअघि मन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार नै राजीनामा दिएपछि साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो।
पदभार ग्रहण गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम र प्रगतिबारे जानकारी लिएर आगामी काम अघि बढाउने बताएका छन्। एलपी ग्यास आपूर्तिका विषयमा मन्त्रालयभित्र छलफल गरी नागरिकको आवश्यकताअनुसार काम गर्ने उनको भनाइ छ।






