चितवनमा कारमा आगलागी हुँदा नारायणी विद्या मन्दिरका पूर्वसञ्चालकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

चितवन , भदौ २६ –

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा नारायणी विद्या मन्दिर शिवाघाटका पूर्वसञ्चालक अमर पराजुलीको मृत्यु भएको छ ।

बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा आज बिहान अचानक आगलागी हुँदा कारभित्र रहेका पराजुलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शरीर पूर्ण रूपमा जलेका कारण सुरुमा मृतकको पहिचान खुल्न सकेको थिएन ।

आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः