१५ लाखको राहत सामान लिएर धादिङ जाँदै सुधीर पटेल

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । वीरगञ्ज जेनजी पर्साले बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरेको छ।

संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याई स्थानीय आवश्यकता पहिचान गरेर वितरण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको राहत सामग्री शनिबार नै धादिङतर्फ पठाउने तयारी गरिएको हो।

जेनजी पर्सा र सहयोगी हातको सहयोगमा संकलित राहत सामग्रीहरु धादिङका प्रजिअको समन्वयमा वितरण गर्ने नेता पटेलले बताए ।

पटेलका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी र धादिङका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्रीको पहिचान गरिएको छ। सोही आधारमा राहत सामग्री संकलन गरी प्रभावित परिवारसम्म पुर्‍याउन लागिएको उनले बताए।

संकलित सामग्रीमा दाल, चामल, भाँडाकुँडा, लत्ताकपडा, चप्पललगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री रहेका छन्।

युवा नेता पटेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले संकलित सामग्री सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याई वास्तविक आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए।

राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिने पटेलले बताए। प्रभावित परिवारसम्म आवश्यक सामग्री समयमै पुर्‍याउने उद्देश्यले राहत अभियान अघि बढाइएको उनको भनाइ छ।

सम्बन्धित पोस्टहरुः