खड्का समूह कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २८ –

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट एक समूह संस्थापन पक्षले आयोजना गर्ने १५औँ महाधिवेशनमा सहभागी हुने भएको छ।

सभापति गगन थापाले खड्का समूहले अघि सारेका आठबुँदे सर्त सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि महाधिवेशनमा सहभागी हुने निर्णय गरिएको नेता श्याम घिमिरेले बताएका छन्। उनका अनुसार सदस्यता, निवर्तमान समितिका १११ जना केन्द्रीय सदस्यलाई समेट्ने, कार्यसम्पादन समिति तथा भ्रातृसंस्था र निर्वाचन समितिमा सहभागितालगायत माग सम्बोधन गर्ने सहमति भएको छ।

समूहबाट करिब ४० जना निवर्तमान केन्द्रीय सदस्य महाधिवेशनमा सहभागी हुने घिमिरेले दाबी गरेका छन्। शुक्रबार निवर्तमान समितिका ३१ जना केन्द्रीय सदस्य तथा पदाधिकारीले समेत साझा धारणा सार्वजनिक गरेका थिए।

तर खड्का स्वयं भने संस्थापन पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने घिमिरेले बताएका छन्। अदालतमा मुद्दा दायर गरेकाले फैसला नआउँदै महाधिवेशनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने खड्काको धारणा रहेको उनको भनाइ छ।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ।

सम्बन्धित पोस्टहरुः