इन्डोनेसियामा २४० यात्रु सवार पानीजहाज सम्पर्कविहीन

1200x150_1200x150-01.jpg (1)

इन्डोनेसिया , भदौ २८ –

इन्डोनेसियाको जाभा सागरमा २४० जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ ।

दक्षिण कालीमन्तानको खोज तथा उद्धार निकायका अनुसार जहाज पूर्वी जाभाको सुराबायाबाट बान्जारमासिनतर्फ जाँदै गर्दा सम्पर्क टुटेको हो । अन्तिम सम्पर्क बान्जारमासिन खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा भएको जनाइएको छ ।

जहाजले समुद्री यात्राका क्रममा प्रतिकूल मौसमको सामना गरेको अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जहाजको खोजी तथा अवस्था पत्ता लगाउन उद्धार टोली परिचालन गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः