तेली कल्याण समाज पर्साद्वारा बाढीपीडितलाई १ लाख ५१ हजार सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २९ –

विश्व तेली दिवसको अवसर पारेर तेली कल्याण समाज पर्साले रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले संकलन गरेको रकम बराबरको चेक सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानुलाई हस्तान्तरण गरिएको हो। समाजका अध्यक्ष ध्रुव साहले उक्त चेक सांसद कानुलाई दिएका छन्।

चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह, कोषाध्यक्ष नितेश गुप्तालगायतको सहभागिता थियो। कार्यक्रममा पर्सागढी नगरपालिकाका अध्यक्ष नन्दुप्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह, बाराका कपिलदेव साह तेलीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधीर पटेल, राजकुमार साह, राम आर्य र फैयाज अन्सारी पनि सहभागी थिए।

सम्बन्धित पोस्टहरुः