वीरगंजका मेयर सिंहलगायत सातैजनालाई विशेष अदालतबाट सफाइ 

1200x150_1200x150-01.jpg (1)
काठमाडौं, २९ भदौ ।
भ्रष्टाचार र गलत लिखत मुद्दामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायत सातैजनालाई विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतको इजलाश नं. १ का तीनजना न्यायाधीशहरु वासुदेवलाल आचार्य, हेमन्त रावल, डिबी रत्न श्रेष्ठको संयुक्त इजलासले मेयर राजेशमान सिंह, षड कुमार पोखरेलसमेत सातजना आरोपितलाई सफाइ दिएको विशेष अदालतका उपरजिष्टार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन् ।
मेयर सिंहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक विकास योजनासम्बन्धी अनियमितताको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा विशेष अदालतले आज अन्तिम फैसला सुनाउँदै उनलाई सफाइ दिएको हो ।
यसबारेमा मेयर सिंहले सत्यको जित भएको बताए ।  अब अझै जिम्मेवारीका साथ वीरगंजको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सम्बन्धित पोस्टहरुः