प्रेम सम्बन्ध विवादः युवकको हत्या, सेफ्टी ट्याङ्कीमा शव ९ टुक्रा भेटियो

1200x150_1200x150-01.jpg (1)

महोत्तरी । प्रेम सम्बन्धको विषयलाई लिएर २२ वर्षीय युवकको हत्या गरी शव ९ टुक्रा बनाएर सेफ्टी ट्यांकीमा लुकाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका–६ का अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदार गत भदौ १५ गते जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घरतर्पm हिँडेका थिए । तर उनी घर नपुगेपछि परिवारले खोजतलासका लागि भदौ १६ गते प्रहरीमा हुलिया निवेदन दिएका थिए ।

प्रहरीले हुलिया परिपत्र गर्नुका साथै सीसीटीभी फुटेज, प्राविधिक विश्लेषणलगायतका माध्यमबाट अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा विवेक भदौ १५ गते बलवा नगरपालिका–७ बनौटा गाउँँबाटै हराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवेकको बलवा नगरपालिका–७ बस्ने जितेन्द्र कुमार ठाकुरकी श्रीमती २२ वर्षीया सोनु कुमारी ठाकुरसँग प्रेम सम्बन्ध रहेको खुलेपछि सोही विषयलाई लिएर हत्या गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीले योजना मुताविक विवेकलाई झुक्याएर घरमा बोलाई हत्या गरिएको र शव लुकाउने उद्देश्यले फलामको दाउ प्रयोग गरी शरीरलाई ९ टुक्रा पारिएको जनाएको छ । त्यसपछि टुक्रा पारिएको शव घरपछाडिको शौचालयको सेफ्टी ट्यांकीमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ २६ गते बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी श्रीमती ५० वर्षीया रामकली देवी ठाकुर, २२ वर्षीया सोनु कुमारी ठाकुर र महोत्तरी गाउँँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई पक्राउ गरेको छ ।पक्राउ परेका चारै जनामाथि पक्राउ मितिदेखि लागू हुने गरी महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः