२०२७ को आईपीएल अक्शन भारतमै हुने

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ३१ —

सन् २०२७ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्शन भारतमै हुने भएको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पछिल्ला वर्षमा विदेशमा हुँदै आएको अक्शनलाई आगामी संस्करणमा भारतमै आयोजना गर्ने निर्णय गरेको हो। बुधबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो।

सन् २०२३ मा केरलाको कोचीमा अक्शन भएपछि पछिल्ला संस्करणका अक्शन दुबई, जेद्दा र अबुधाबीमा भएका थिए। आगामी अक्शन भने ‘मिनी–अक्शन’ हुने जनाइएको छ।

क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजका अनुसार अर्को वर्ष हुने मेगा अक्शन भने फेरि विदेशमा आयोजना हुन सक्ने सम्भावना छ।

फ्रेन्चाइज टोलीहरूले विदेशमा अक्शन आयोजना गर्दा व्यवस्थापकीय तथा सञ्चालनगत चुनौती हुने भन्दै भारतमै आयोजना गर्न आग्रह गर्दै आएका थिए। उनीहरूको धारणा ध्यानमा राख्दै बीसीसीआईले भारतमै अक्शन गर्ने निर्णय गरेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः