जन्मदिनमा छात्रालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज १ –

पत्रकार धर्मेन्द्र चौरसियाका छोरा सुरज चौरसियाले आफ्नो २०औँ जन्मदिनको अवसरमा पोखरियाका छात्राहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

पोखरिया नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सुरजले ३४ जना छात्रालाई सामग्री वितरण गरेका हुन् । जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण साह कानु, सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मी, प्रधानाध्यापक शङ्कर साह रौनियारलगायतको सहभागिता थियो ।

पत्रकार चौरसियाले बालबालिकाको शिक्षा र आवश्यकतामा सहयोग गर्नु साझा दायित्व भएको बताउँदै यस्ता अभियानले युवापुस्तामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः