बारामा आगलागी हुँदा पशुधनसहित लाखौँको क्षति

1200x150_1200x150-01.jpg (1)

बारा , असोज १ –

बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको भौतिक तथा पशुधनको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति करिब १ बजे स्थानीय हनुमान प्रसाद साहको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको हो।

आगलागीमा घरमा बाँधिएका एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेर मरेका छन्। स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रहरीले आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः