बाराको चैनपुरमा विश्वकर्मापूजाको अवसरमा मेला

1200x150_1200x150-01.jpg (1)

वीरगंज । बारा परवानीपुर गाउँपालिका ४ चैनपुरमा आज विश्वकर्मापूजाको अवसरमा आज महाबिरी झन्डा मेलाको आयोजना गरिएको छ । वडा कार्यालय भवन नजीकै लागेको सो मेलामा नेपाल भारतका नामूद पहलवानहरुको कुश्ती दंगल प्रतियोगिताको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष गम्भीरा पटेलले जानकारी गराए ।

त्यसैगरी गौरको नाच र भारतको बिहारबाट ठाकरा नृत्य समेतको प्रदर्शन भइरहेको मेला समितिका अध्यक्ष पन्नालाल रामले बताए । चैनपुर आसपास लिपनी, परवानीपुर, ताजपुर, मुसहरी, रामपुर, प्रसौनी, गण्डक, बगही, लालपर्सालगायत गाउँबाट तथा वीरगंज पथलैया औद्योगिक कोरिडोरका कामदारहरु समेत मेलामा सहभागी भए । मेलामा खेलतमाशा, झुला लगायत मनोरञ्जनको सामग्रीहरुका कारण बालबालिकाहरु सहभागी भएका थिए ।

सम्बन्धित पोस्टहरुः