कांग्रेस लिपनीबिर्तामा २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित 

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ४ असोज । नेपाली कांग्रेस वीरगंज–२१ लिपनीबिर्तामा आज भएको भेलाले २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

नेकाको १५औं महाधिवेशनका लागि आज लिपनीबिर्तामा सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसको स्थानीय तहको सभापति पदमा मुनिलाल राउत कुर्मी निर्वाचित भएका छन् । कुर्मीको सभापतित्वमा ११ सदस्यीय कमिटी चयन निर्वाचित भएका हुन् ।

निर्वाचनमा २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकोमा आज प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. १४ मा भएको निर्वाचनबाट विकेश कुमार पटेल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।

 

सम्बन्धित पोस्टहरुः