त्रिपुरेश्वरमा चालकले बसभित्रै आगो लगाए

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ५ –

काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसका चालकले बसभित्रै आफैँ आगो लगाएका छन्।

बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै आगो लगाएको बताइएको छ। घटनाका बेला बसमा कुनै यात्रु थिएनन्।

आगो ह्वारह्वार्ती फैलिएपछि दमकल पुगेर नियन्त्रणमा लिएको थियो। घटनामा घाइते लामालाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको छ।

उनले किन बसभित्रै आगो लगाए भन्ने कारण भने खुल्न सकेको छैन।

सम्बन्धित पोस्टहरुः