पर्सामा ३० किलो गाँजासहित तीन जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज ५ –

पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट प्रहरीले ३० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति गाँजा ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेमा पटेर्वासुगौली–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुट्टी भन्ने भुरी चौधरी रहेका छन्। उनीहरूको साथबाट ३० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः