पत्रकार महासंघ पर्सा शाखाको ताला खुल्यो

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखामा लागेको ताला सम्झौतापछि खुलेको छ। सहमतिअनुसार सोमबार महासंघ पर्सा शाखाको कार्यालयमा लगाइएको ताला खोलिएको हो।

ताला खोल्ने सम्बन्धमा भएको सम्झौतामा नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष अनुप तिवारी र वर्तमान अध्यक्ष ओमप्रकाश खनालले हस्ताक्षर गरेका छन्।

महासंघभित्र देखिएको विवाद समाधानका लागि भएको प्रयासपछि ताला खुलेको हो। यससँगै शाखाको नियमित कामकारबाही सञ्चालन हुने भएको छ। ताला खुलाउन सार्थक पहल गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव अशोक तिवारी लेखा समितिका संयोजक केसी लामिछाने र मधेश प्रदेश अध्यक्ष श्याम बन्जारालाई धन्यवाद दिइएको छ।

सम्बन्धित पोस्टहरुः