वीरगंज, ५ असोज । नेपाली कांग्रेस वीरगंज–३० लालपर्साको वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशनले अलि हुसेन देवानको अध्यक्षतामा ४० सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कमिटीको सदस्यहरुमा लहवर प्रसाद साह, वीरेन्द्र कुमार यादव, सनोज यादव, चोकट मिया, इजारत मियाँ, जनार्दन यादव, सबादत मियाँ, श्रीरामप्रसाद मण्डल, कञ्चन प्रसाद यादव, सिकन्दर साह, भाजु राउत कुर्मी, अमर सहनी, देवलाल साह लगायत ४० सदस्य रहेका छन् ।
कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिनुभयो ।
धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका उहाँले जानकारी दिनुभयो ।
रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।






