जग्गा विवादपछि घाइते युवकको उपचारका क्रममा मृत्यु

1200x150_1200x150-01.jpg (1)

बारा ,  असोज ६ –

जितपुरसिमरा उपमहानगरपालिका–८ रमौलीका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएको छ। पुरानो जग्गा विवादका क्रममा कुटपिट भएको र सोही घटनामा घाइते भएका सहनीको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

परिवारका अनुसार कुटपिटपछि घाइते सहनीलाई उपचारका लागि वीरगञ्जस्थित बायोधा अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।

परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। घटनाबारे प्रहरी अनुसन्धान तथा पोस्टमार्टमलगायत प्रक्रिया पूरा भएपछि मृत्युको कारण र घटनाको वास्तविक विवरण खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः